चैत, २५ । नेकपा एमालेको सोलुखुम्बु जिल्ला कमिटीको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन् । चैत २३ र २४ गते सल्लेरीमा भएको एमाले सोलुखुम्बुको ८ औँ जिल्ला अधिवेशनबाट बास्तोला अध्यक्षमा निर्वाचित भएका हुन् । गएराती सम्पन्न निर्वाचन प्रक्रियामा बास्तोलाले २ सय ५५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी हर्क बहादुर राईले १ सय २५ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा आश कुमार राई शिशिर २ सय ७७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गरे ।
त्यस्तै, जिल्ला कमिटी सचिवमा कल्पना राई २ सय ५९ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धीहरु जगन्नाथ बास्तोलाले ४४ र दिपक राजभण्डारीले ८४ मत प्राप्त गरेका थिए । यस्तै उपसचिवमा मिङ्मा छिरी शेर्पा १५९ र मोहन कुमारी कार्की १७० मतसहित विजयी भएका छन् । जिल्ला कमिटीको निर्वाचनमा ४ सय २० जनाले मतदान गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com