शान्ति बस्नेत
आमा “धर्ती” यो संसार टेकाउने र देखाउने एक मात्र पात्र हुन् ।आमा शब्द एउटी नारीका लागि विवाह पश्चात पूर्ण रुप पनि हो । आमालाई देवीका रुपमा पनि चिनिन्छ । हरेक पल आमा भन्ने शब्दले हरेकको मनमा बास बसेको हुन्छ किनकि आमा शब्द एउटा सन्तानको लागि तागत हुन् । आमा जननी साच्चै आमाका लागि सन्तान र सन्तानका लागि आमाको जस्तो स्नेहा यहाँ कस्को नै हुनसक्छ र, त्यसैले त संसारको रीत पनि अपरम्पार नै छ, यहाँ वयान गरेर साध्य नै हुँदैन् ।
आमाको काख र आमाको कोख जस्तो सुरक्षित स्थान पनि अन्त कतै पाईन्दैन् , यो स्वार्थी संसारमा आमाको जस्तो निस्वार्थ माया पनि अन्त कतै पाईन्दैन् । त्यसैले त आमा भन्न पाउदा हर्षको सीमा नै रहदैन् । आज त्यही आमाले जन्म दिईएकी नारी आमा जस्तैस् आमा बन्दाको पल जति खुशीको पल अरु के नै हुनसक्छ र, आमा भए पछि झन आमाको महत्व के रहेछ भन्ने पूर्णपाठ महशुस गर्न सकिदो रहेछ ।जुन नारीले आफ्नो गर्भमा सन्तान प्राप्ति गरेकी हुन्छे उस्लाई त्यो पल एकदमै कठिनाई भएता पनि उस्को सन्तानप्रतिको न्यानो प्रेमको टुषा उम्रन थालदछ उसलाई माया के रहेछ भन्ने कुराको आभाष गर्न थालदछे । हरेक नारीको सन्तान पहिलो होस् या दोस्रो माया भने बराबर गर्ने गर्दछे ।आमाको कोख जस्तो न्यानो त्यो एउटा सन्तानलाई अरु कहाँ नै होला र, त्यो अनुमान लगाउन नै सकिदैन् ।
आमा भन्न जति सजिलो छ, आमा बन्न उत्तिकै कठिन छ । एउटी नारी आमा बन्नका लागि कुनै विज्ञता त हासिल गर्नु पर्दैनु तर पनि उस्ले एउटा जिन्दगीको अर्थपूर्ण समयलाई अनुभव गर्न पाउछे । जव अस्पतालको लेवर रुममा छिर्छे अनि थाहा हुन्छ साच्चै आमाको त्याग अनि थाहा हुन्छ आमा बन्न र आमा भन्नको अर्थ । हरेक सेकेण्ड सेकेण्डको प्रसव पीडा सहे पछि थाहा हुन्छ, आमाको सहनशीलता त्यसैले त आमालाई धर्ती भनिएछ । आमा भन्ने कुरा भनेर हैन बनेर मात्रै महशुस गर्न सकिन्छ ।
प्रशवपीडासँगै आफ्नो सन्तानको आगमनले उसका हरेक दुखाईहरुको ओखती नै पहिलो पटक आफ्नो छातिमा टासिएर रुनु नै आमाका लागि ओखती सावित हुने गर्दछ, यहि त होला नि “आमाको प्रेम” त्यसै गरी आफ्नो सन्तानलाई ९औं महिनासम्म आफ्नो कोखमा राखेर आफ्नो काखमा राख्न पाउनु जस्तो गर्वको क्षण अरु नै रहन्छ र त्यसै गरी आफ्नो सन्तानलाई पहिलो पटक आफ्नो स्तनपान गराउन पाउनु जस्तो सन्तोष संसारमा अरु कसैलाई पनि हुन्न गर्भाअवस्थामा जतिसुकै पीडा भएता पनि एउटी आमालाई सन्तान प्राप्ती पश्चात अरु कुनै आनन्द हुन्न ।त्यसैले त एउटी कामकाजी नारी पनि आफ्ना र प्रकृतिको नियम नारी आमा बन्नका निम्ति आफ्ना जस्ता सुकै रहर हुन या बाधा यस्ता सबै कुरालाई केही समय पूर्णविराम हैन्, अल्पविराम लगाए र आमा बन्दछे आमा बन्नु अन्य हैन नारीका लागि पुनस् जीवनको आरम्भ मान्नु पर्दछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com