चैत, २७ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन आग्रह गरेको छ । आज गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले एक सूचना जारी गर्दै आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका हुन् ।
विद्यालयमा समान पहुँच र सहभागिताका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न जरुरी रहेको अध्यक्ष तामाङको भनाई छ । अध्यक्ष तामाङले सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक, व्यवस्थापकिय लगायत समग्र पक्षहरुको सुदृढीकरण गरी गुणस्तरीयता कायम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
जारी सूचनामा भनिएको छ, ‘बलेफी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सवैको समान पहुँच, सहभागिता तथा अपनत्व बोध गराई विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकिय गुणस्तर सुनिश्चित गरि आम जनताको सामुदायिक विद्यालय प्रतिको विश्वास अभिबृद्धिका लागि बलेफी गाउँपालिकाका सवै जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन सम्बन्धित सवैमा जानकारीको लागि सुचना प्रकाशन गरिएको छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com