चैत, २९ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी नाउपाले गर्ने भएको छ । नाउपाले प्रदेश सरकारको नेतृत्व गर्ने गरी सत्ता गठबन्धनको शीर्ष तहमा समझदारी भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री र एक मन्त्रालय दिन तयार भएका हुन् ।
लामो समयदेखि निरन्तर सत्ता गठबन्धनसँग सम्पर्कमा रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई सत्ताघटक दलका शीर्ष नेतृत्वले सुदूरपश्चिमको मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालय दिने समझदारी गरेको नाउपा नेताहरूको दाबी छ।
नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ। उनलाई हालै अध्यक्ष रञ्जिताले संसदीय दलको नेताको जिम्मेवारीमा ल्याएकी थिइन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com