वैशाख, ३ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । खेल ओमानमा जारी छ । आज कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com