वैशाख, ५ । गायिका एलिना चौहान र उनका प्रेमी विष्णु सापकोटाले आज लगनगाठो कसेका छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरुबीच आज विवाह भएको हो ।
वैवाहिक समारोहमा चौहानले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए । चौहान झापा निवासी हु्न् भने सापकोटा बाग्लुङका हुन् । उनीहरु लामो समयदेखि प्रेममा रहेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com