वैशाख, ५ । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत प्रदेश मन्त्री भेटघाटमा व्यवस्त बनेका छन् । आफ्नो पालिकामा बजेट र योजना पार्न पहलका लागि अध्यक्ष बस्नेत कोशी प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालय पुगेका हुन् । उनले प्रदेश मन्त्रीहरुलाई भेटी विकास निर्माणका योजना र बजेटको प्रस्ताव गरेका छन् । उनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगाएत विभिन्न मन्त्रि तथा सचिबसँग भेटघाट गरी गाउँपालिकाको वडा नं ३ मा खेल मैदान निर्माण गर्नको लागि बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।
जिल्लाको नेलेदेखि महाकुलुङ गाउँपालिकाको सिमानासम्म सडक स्थरउन्नति र कालोपत्रे गर्नको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा अध्यक्ष बस्नेतले निवेदन पेश गरेका छन् ।
त्यस्तै, गाउँपालिकाको वडा नं १ र ३ मा रहेको पन्चकन्या देबिस्थान धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न को लागि बजेट व्यवस्थापनको लागि निवेदन पेश गरिएको छ । यस्तै, वडा नं ५ मा अवस्थित टसीटकार गुम्बालाई पर्यटकीय स्थलको रुपमा बिकास गर्नको लागि स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय, इटहरीमा निवेदन पेश दिइएको छ ।
अध्यक्ष बस्नेतले गाउँपालिकाको बृहत खानेपानी आयोजनाको लागि खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयसँग माग गरेका छन् भने स्वास्थ्यमन्त्री प्रदिप सुनुवारसँग भेट गरि अस्पतालमा आवश्यक मेसिन खरिदको लागि निबेदन पेश गरेका छन्।
उनले नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय निर्देशकसँग भेट गरि तल्लो रोक खोला अन्तर्गत करिव ८०० घरधुरीमा मिटर तत्काल जडान गर्न पहल गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com