वैशाख, ८ । सोलुखुम्बुको वीपी संस्कृत माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाज गठन गरिएको छ । आज काठमाण्डौको फैकामा भएको पूर्व विद्यार्थीहरुको भेलाले दिपक बाबु निरौलाको अध्यक्षतामा ११ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो । समाजको उपाध्यक्षमा गोमा बास्तोला, सचिवमा नारायणप्रसाद निरौला, सहसचिवमा वेदप्रसाद बास्तोला, कोषाध्यक्षमा राधा ढुंगाना रहनुभएको छ । पुर्व विद्यार्थीहरुको भेलाले बनाएको यो समितीले विद्यालयको शैक्षिक उन्नयनसँगै विद्यालयको विकासका लागि काम गर्नेछ ।
पुरानो ऐतिहासिक विद्यालय भएकाले यसको संरक्षणमा सवै एकजुट हुनुपर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरज केसीले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले विद्यालयको प्रगति विवरण र अहिलेको अवस्थाका सन्दर्भमा जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयमा विद्यार्थी संख्या कम रहेको जानकारी दिनुभयो । यस्तै, उहाँले विद्यार्थीको सहभागिता बढाउन र समयसापेक्ष प्रविधियुक्त शिक्षा विकास अहिलेको आवस्यकता रहेको बताउनुभयो ।
यस्तै, संस्कृत भाषा संरक्षण तथा सम्बद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति पनि गठन गरिएको छ । जसको संयोजकमा पुर्वमन्त्री बलबहादुर केसी रहनुभएको छ । समितीको सदस्यमा सम्भुहरी बास्तोला, पुन्यप्रसाद दाहाल, गोपाल निरौला, प्रकाशसिंह कार्की रहनुभएको छ ।
पूर्वविद्यार्थी समेत रहनुभएका काग्रेस नेता तथा समाजसेवी प्रकाशसिंह कार्कीले विद्यालयको विकासका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर २ मा रहेको यो विद्यालयले शैक्षिक उन्नयनका लागि भन्दै बृहत शैक्षिक अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पुर्वमन्त्री बलबहादुर केसी, पूर्व विद्यार्थी, पुर्व शिक्षक तथा अभिभावकहरु, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com