वैशाख, १० । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७ औँ संस्करणमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिष्पर्धा हुँदैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आज मैदानमा मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नुपर्ने छ ।
आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ । राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com