वैशाख, १३ । सोलुखुम्बुकको थुलुङ दुधकोशी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका शुनिश्चितता गर्ने भएको छ । कार्यपालिकाको पूर्णखोप गाउँपालिका शुनिश्चितता गर्ने निर्णय गरेको अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
प्रवक्ता भोजराज कार्कीका अनुसार थुलुङ दुधकोशी गाउँपालिकालाई पूर्णखोप शुनिश्चितता तथा दीगोपना भएको घोषणा गरिदिन जिल्ला खोप समन्वय समितिलाई सिफारिस गर्ने निर्णय गरिएको छ । २०८० चैत मसान्त भित्र पालिकाको ९ वटै वडाहरुमा १५ महिनाको उमेर भित्र पाउँनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित गरिएको छ ।कार्यालयको तथ्याङ्क अनुसार वडा नम्बर १ नेलेमा ७५ जना, वडा नम्बर २ काँगेलमा ८० जना, वडा नम्बर ३ पञ्चनमा ८२ जना, वडा नम्बर ४ जुबुमा ५५ जना १६ देखि ५९ महिना भित्रका बालबालीकालाई खोप लगाइएको छ ।
यस्तै वडा नम्बर ५ जुबुमा ६६ जना, वडा नम्बर ६ मुक्लीमा ९६ जना, वडा नम्बर ७ देउसामा ११० जना, वडा नम्बर ८ रणेममा ८० जना र वडा नम्बर ९ लोखिममा २०८ जनालाई खोप लगाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
सबै वडाबाट पूर्णखोप सुनिश्चितताका लागि पालिकामा भएको सिफारिस अनुसार पूर्णखोप वडा सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम उक्त वडालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com