वैशाख, १९ । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले विभिन्न मन्त्रिसँग भेट गरि बजेट तथा कार्यक्रमका लागि माग गर्नुभएको छ ।
उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग भेट गरी सोताङ गाउँपालिकामा अनुदान मार्फत निमावी र मावि शिक्षक दरबन्दीको व्यवस्थापनको लागि निबेदन पेश गर्नुभएको छ । त्यस्तै, उहाँले सोताङको नमुना बिद्यालय बिरेन्द्र ज्योती माविमा कक्षा ९ देखी संचालन हुदै आएको कृषि बिषय अध्ययन अध्यापनमा भेटेनरी बिषय पनि थप गरि भेटेनरी विषय अध्ययन अध्यापन गर्न अनुमति,कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न माग गर्नु भएको छ ।
अध्यक्ष बस्नेतले कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि भेट गर्नुभएको छ । भेटमा सोलुखुम्बु जिल्ला अदालत भवन जिर्ण अवस्थामा रहेकाले सेवा प्रवाहका लागि जोखिम अवस्थामा रहेकाले भवन पुनर्निर्माण गर्न अति आवश्यक देखिएकाले बजेट ब्यावस्थापनका लागि आग्रह गर्नुभएको छ ।
सोलुखुम्बु जिल्लाको सदरमुकाममा सुरक्षार्थ खटिएका नेपाल सस्त्र प्रहरीवलको भवन नभएको र भाडाको भवन समेत जीर्ण अवस्थामा रहेकाले सोताङ गाउं कार्यपालिकाको मिति २०८०।१२।१० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार गृह मन्त्रालय र अर्थ मन्त्रालयमा भवन निर्माण लागि आवश्यक बजेट व्यवस्थापन गर्न निवेदन दिनुभएको छ ।
यस्तै, बस्नेतले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीसँग भेट गरि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा विविध कार्यक्रमहरु अन्तर्गत सिप बिकास उद्ध्यमी तथा सशक्तिकरण, बाल संरक्षण,र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति हरुको लागि कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न प्रस्ताबसहित निबेदन दिनुभएको छ । अध्यक्ष बस्नेतका माग सम्बोधनका लागि मन्त्रिहरु सकारात्मक रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।
बजेट निर्माणको समय भएकाले अध्यक्ष बस्नेत काठमाण्डौको सिंहदरबार केन्द्रित बन्नुभएको हो । गाउँपालिकामा अपुग बजेट र योजनाका लागि अध्यक्षले पहल गर्नुभएको जनाईएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com