नेकपा(माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको बिकल्प नभएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रीत भएको भन्दै यसको बिकल्प नभएको बताउनुभएको छ । उहाले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताउनुभयो । सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उहाको भनाइ छ । राष्ट्रिय स्वाधिनताका साथै देश र जनतालाइ हितमा राख्दै सरकारले काम गरिरहेको उहाले बताउनुभयो । गुरुङले राष्ट्रियता र जनताको मुद्धाहरुमा कम्युनिष्टहरु दृढ रहेको धारणा राख्नुभयो ।
त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भएपनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पूँजी भित्राउन प्रोत्साहित गरेको धारणा राख्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com