वैशाख, २५ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि भन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले निर्वाचन प्रणाली सुधार लगायतका विषयहरुमा प्रमुख राजनैतिक दलहरु एक ठाँउमा उभिएर संविधान संसोधन गर्नुपर्ने समेत बताउनुभयो । नेता केसीले कांग्रेस अस्थिरताको कारक बन्न नहुने धारणा राख्नुभयो । मुलुकमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको उहाको भनाइ छ ।
केसीले सरकारले नेपालको चुच्चे नक्सा नोटमा राख्ने गरेको निर्र्णाशासन सत्ता संचालनमा देखिएको त्रुटी लुकाउन मात्र ल्याइएको आरोप लगाउनुभयो । चुच्चे नक्साको बिषय कुटनैतिक रुपमा समाधान गर्न उहाले सरकारलाइ सुझाव दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com