जेठ, ३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताउनुभएको छ । मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले मदन भण्डारीको हत्या गर्ने गरि भएको दासढुंगा दुर्घटनामा बिषयमा गम्भीर खोजी गर्नुपर्ने बताउनुभएको हो । दासढुंगा दुर्घटनापछि पद्मरत्न तुलाधरको संयोजकत्वमा छानविन कमिटी र त्यसपछि केपी ओलीको नेतृत्वमा छानविन समिति बनेपछि ठोस निचोड आउन नसकेको उहाको भनाइ छ ।
नेपालले दासढुंगा दुर्घटनाको साक्षी अमर लामाको पनि हत्या भएपनि उक्त घटना थप रहस्यमय बनेको बताउनुभयो । उहाले दासढुंगा दुर्घटनाको छानविनमा सवैले सहयोग गर्नुपर्ने आवश्यक रहेको जिकिर गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com