जेठ, ३ । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत पालिकामा सञ्चालित योजनाहरुको अनुगमनमा निस्किएका छन् । गाउँपालिकामा सञ्चालित आयोजनाको कामको गुणस्तरबारे जानकारी लिन अध्यक्ष बस्नेत अनुगमनमा निस्किएका हुन् ।
उनले हिजो दिप्लिघाटमा बनिरहेको बेलिब्रिज जडानको अवलोकन गरेका छन् । अध्यक्ष बस्नेतसहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीधोज राई, ईन्जिनीयर भाग्य नारायण यादव लगाएतले बेलिब्रिज जडानको अवलोकन गरेका हुन् । बेलिब्रिज जडान कार्य तिब्र गतिमा अगाडी बढिरहेकाले अबको केही दिनमा निर्माण सम्पन्न हुने अध्यक्ष बस्नेतले बताए ।
यस्तै, अध्यक्ष बस्नेत र सूचना प्रबिधि अधिकृत अरुण बस्नेतले गाउँपालिकामा जडान भईरहेको फाइबर नेटको अनुगमन गरेका छन् । आजबाट सोताङ गाउँपालिकामा फाइबर नेट जडान सम्पन्न भएको र केहि दिनमै नेट प्रयोगमा आउने सूचना प्रबिधि अधिकृत बस्नेतले जानकारी दिए ।
यस्तै, अध्यक्ष बस्नेतले निर्माणाधिन गाउँपालिकामा निर्माणाधिन अस्पताल भवनको निरीक्षण गरेका छन् । निरिक्षणका क्रममा अध्यक्ष बस्नेतले अस्पताल निर्माण कार्य यथाशिग्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com