जेठ, १३ । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।
सहकारीमा आफुहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पिडितहरुले माइतिघरमा धर्ना दिदै आएका छन् । उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पिडितहरुले माइतिघरमा रिले अनशन समेत सुरु गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com