जेठ, २१ । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले सत्ता समिकरण सहज ढंगले नै अघि बढिरहेको बताउनुभएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले बाहिर हल्ला चलाएजस्तो सत्ता समिकरणभित्र कुनै समस्या नरहेको भन्दै सरकार र समिकरण सहज ढंगले नै अघि बढिरहेको बताउनुभएको हो । उहाले बिभिन्न दल मिलेर नयाँ समिकरण बनेको भन्दै दलहरुको फरक फरक बिचार र बुझाइ हुनु स्वभाविक भएको धारणा राख्नुभयो ।
तत्काल गठबन्धन तलमाथि हुने र माधव नेपाल गठबन्धन छाडेर हिडिहाल्ने अवस्था नरहेको उहाको भनाइ छ । उहाले बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जनतामा आशा जगाउने काम गर्ने धारणा राख्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com