जेठ, २१ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाले विद्यमान ऐनकानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको हो ।
उहाले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम सच्चाउन समेत निर्देशन दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछानले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com