असार, ३ । काठमाडौं उपत्यकामा पेट्रोल डिजलको अभाव देखिएको छ । बिभिन्न माग राख्दै पेट्रोलियम ढुवानी मजदुरले गरेको आन्दोलनका कारण उपत्यकामा पेट्रोल डिजलको अभाव देखिएको हो । सोमबार मौज्दात रहेका पेट्रोलपम्पमा पेट्रोल डिजल भर्नेहरुको लामो लाइन लागेको थियो । सेना, प्रहरी, सशस्त्र तथा साझा पम्पमा समेत उपभोक्ताको लामो लाइन देखिएको थियो ।
मध्यान्हपछि भने मौज्दात सकिएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् । शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थको अभाव भएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com