असार, ३ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले कृषकहरुलाई मिनी टिलर अर्थात खेतबारी जोत्ने मेसिन वितरण गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले कृषकहरुलाई मिनि टिलर वितरण गर्नुभयो ।
गाउँपालिका भित्रका कृषकहरुले ५० प्रतिशत अनुदानमा ८५ थान खेतबारी जोत्ने मेसिन मिनि टिलर पाएका छन् । गाउँपालिकाले कृषिलाई नयाँ प्रविधिसँग जोड्न र कृषकहरुलाई हौषलाका लागि यस्तो मेसिन वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको विकल्पमा कृषकहरुलाई मेसिन प्रदान गरिएको बताउनुभयो ।
यो मेसिन वितरणले गाउँपालिका भित्रका कृषकहरुलाई केही थोरै भएपनि राहत मिल्ने अध्यक्ष स्याङबोको भनाई छ । गएको वर्ष लम्पी स्कीन नामको भाइरसबाट गाउँपालिकाभित्रका कृषकहरु पनि पिडित बनेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com