असार, ११ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन् सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गाउँपालिकाको साझेदारीमा इको हिमाल नेपालद्वारा आज मंगलबारबाट तालिम सुरुवात गरेको हो ।
उक्त संस्थाद्वारा सञ्चालित लैङ्गिक हिमालय विद्यालयमा स्थानीय विद्यालयका शिक्षकहरूलाई यौन तथा प्रजनन स्वास्थ्य श्रोत ब्यक्तिगत रुपमा क्षमता अभिवृद्धि गर्न उदेश्य साथ सञ्चालित गरिएको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा माध्यमिक र आधारभुत गरि दश विद्यालयका शिक्षकहरु सहभागी रहेका छन् । तालिमको सहजिकरण इको हिमाल नेपालका स्वास्थ्य परियोजना अधिकृत गोमा शर्माले गरिरहनुभएको छ ।
उहाँले विद्यालयका शिक्षकहरूलाई पुरुष र महिलाको मानसिक परिवर्तन, शारीरिक परिवर्तनहरु, किशोरी अवस्थाका सामाजिक परिवर्तन लगायतका विषयमा सहजिकरण गरिरहनुभएको बताइएको छ । अध्यक्ष सुर्य बहादुर कुलुङले यौन शिक्षा प्रजनन स्वास्थ्य सम्बन्धि सुन्दा नकारात्मक जस्तो बुझिए पनि यसलाई सकारात्मक लिएर विद्यालयका किशोरकिशोरहरुलाई शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले यौन शिक्षा अनिवार्य आवश्यकता जस्तै भएकाले यसको ज्ञान प्रसारमा शिक्षकहरु गम्भीर बन्न निर्देशन दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com