असार, १७ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उधमशिलता प्रेरणा सम्मेलन गरिने भएको छ । युवा नेता भुपेन्द्रजंग शाहीले थालनी गरेको उधमशिल युवा सृजनशिल युवा राष्ट्रिय अभियान अन्तर्गत आगामी असार १९ गते उद्यमशीलता प्रेरणा सम्मेलनको आयोजना गर्न लागिएको हो । यसअघि वागमती प्रदेशको कार्यक्रम अन्तर्गत काठमाण्डौमा पनि सम्मेलन आयोजना गरिएको थियो ।
नेता शाहीले उधमशिल अभियान सातै प्रदेशसम्म लैजाने बताएका छन् । सोही अनुसार उधमशिलता क्षेत्रमा लगानी र सम्भावना लगायत युवा उधमी नव उद्यमीलाई प्रेरणा र उधमशिलतालाई विकास गर्न कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश मुख्यमन्त्री यमलाल कंडेल,उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,भरत ढकाल, गोभिन्द रिजाल, मनोज ज्ञवाली,मुकुन्द तिमिल्सिना,माधब उपाध्याय,आशा हमाल,अभिषेक शाह, प्रदिप पराजुलि लगायतको उपस्थितिमा सम्मेलन गर्न लागिएको हो ।
राष्ट्र निर्माण मञ्च नेपाल र “उद्यमशिल युवा सिर्जनशिल युवा” राष्ट्रिय अभियानको सयुक्त आयोजनामा असार १९ गते सुर्खेतमा उक्त सम्मेलन हुँदैछ । युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने सम्मेलनको उद्देश्य रहेको नेता शाहीले बताए । उधमि बन्न चाहने र आफै स्वरोजगार बन्न चाहने युवाहरूको सहभागितामा हुने सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरूसँग चरणवद्द छलफल गरिनेछ। कार्यक्रममा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरू , प्रादेशिक प्रतिनिधित्व हुनेगरि युवा सहभागिता रहनेछ।
दोस्रो चरणमा स्थानीय उद्यमी सिर्जनामा केन्द्रित भएर युवाहरूले सीप विकास कार्यक्रमहरूबाट लाभ लिन सक्ने क्षेत्रहरू पहिचान गर्न आवश्यकता मूल्याङ्कन गरिने छ। कर्णाली सम्मेलनपछि सातै प्रदेश, जिल्लाहुँदै स्थानीय तहसम्म उद्यमशीलता सम्बन्धि कार्यक्रम गरिनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com