असार, २१ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, विद्यालय, कर्मचारी र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना प्रधानाध्यापक, एक जना शिक्षक, चार जना विद्यार्थी, दुई वटा विद्यालय र दुई जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको हो ।
पालिका भित्र काम गर्ने उत्कृष्ट कर्मचारीमा गाउँपालिकाको कार्यालय सहयोगि पदमा कार्यरत सार्कीधन राई र सहायक लेखापाल काली बहादुर राउत छनौट भएका छन् । उनीहरुलाई जनही नगद २० हजारको साथमा सम्मान पत्र प्रदान गरिएको छ । शैक्षिक सुधारका लागि पालिकाले जारी गरेको विभिन्न अभियानलाई आत्मासाथ गर्दै उत्कृष्ट काम गर्ने पालिका भित्रका एक जना प्रधानाध्यापक नगद २० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । सम्मानीत हुनेमा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगेल रहनुभएको छ ।
यस्तै वीद्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक महन्त राई र जीवन ज्योति माध्यमिक विद्यालयका शिक्षक युवराज निरौला उत्कृष्ट शिक्षक बन्नुभएको छ । उनीहरुले जनहि नगद २० हजार प्राप्त गर्नुभएको गाउँपालिकाले जनाएको छ । यस्तै चार जना विद्यार्थीले पनि २५ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । २०८० फागुन १४ गतेको कार्यपालिका बैठकको निर्णयानुसार २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६ भन्दा माथि ४ जीपीए भन्दा कम ल्याउने जनता माध्यमिक विद्यालय लोखिम र जीवन ज्योति माध्यमिक विद्यालय नेलेका विद्यार्थीले उक्त पुरस्कार प्राप्त गरेका हुन् । गाउँपालिका प्रवक्ता भोजराज कार्कीकाअनुसार पुरस्कार प्राप्त गर्नेहरुमा जनता माध्यमिक विद्यालय लोखिमका गौतम राई र गान्धिदेवी राई रहेका छन् । उनीहरुले क्रमशः ३.७ र ३.६५ जीपीए प्राप्ता गरेका छन् भने जीवन ज्योति माध्यमिक विद्यालय नेलेका उत्सब बस्नेतले र विशाल बस्नेतले क्रमशः ३.७ र ३.६ जीपीए प्राप्त गरेका छन् ।यस वर्ष पालिका भित्रका १० वटा माध्यमिक विद्यालयबाट सहभागी विद्यार्थी मध्ये ९७।३१ प्रतिशत विद्यार्थि उत्तिर्ण भएका छन् ।
स्तै विद्यालयलाई पनि सम्मान गरिएको छ । पालिका भित्रका १० वटा माध्यमिक विद्यालय मध्य एसईई परीक्षामा सबैभन्दा बढी अंक सहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जनता माध्यमिक विद्यालय लोखीमले २५ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेको छ भने जीवन ज्योति माध्यमिक विद्यालयले २० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट अंक सहित विद्यार्थी उत्तीर्ण गराउन सफल जीवन ज्योति माध्यमिक विद्यालय नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेत, जनता माध्यमिक विद्यालय लोखिमका प्रधानाध्यापक हस्त बहादुर राईले नगद ५ र ५ हजार सहित सम्मान पत्र प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले सबै क्षेत्रका नागरिकले आ-आफ्नो जिम्मेवारी कर्तव्य निष्ठ भइ पुरा गरेको खण्डमा गाउँको विकास हुने बताउँनुभयो । थुलुङ दुधकोशी स्थानीय सरकारले अघि सारेका हरेक योजना तथा कार्यममा स्थानीय नागरिक तथा सरोकारवालाको महत्वपुर्ण सहयोगले गाउँपालिकामा बिकास भएको उहाँको भनाइ छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com