फागुन, २७ । प्राकृतिक सुन्दरता एवम् ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सिन्धुलीगढीलाई लिन सकिन्छ। सिन्धुलीगढी काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको ४ हजार ६ सय ४८ फिट उचाइमा रहेका छ।
नेपाल–अंग्रेज युद्धको जिउँदो इतिहास मानिने सिन्धुलीगढीमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अझै पनि सुरक्षित छन्।
सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्धुलीगढीमा पुगेर हेर्दा हाम्रा पुर्खाले कसरी युद्धको रणनीति बनाउने गरेका रहेछन् भन्ने कुरा थाहा पाउन सकिन्छ।
सिन्धुलीगढी जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दुरीमा पर्छ।
सिन्धुलीगढी अवलोकन गर्दा इतिहासको कालखण्डमा निकै कुख्यात घटनाक्रमबारे जानकारी लिन सकिन्छ। १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्र आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com