काठमाडौं, साउन ९ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज संसदीय समितिलाई बुझाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिर्पोट संसदीय विशेष समितिलाई आज (मंगलबार) बुझाएको हो । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार (भोली) बिहान साढे ८ बजेसम्म कुनुपर्नेछ ।
सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सीसीटीभी फुटेज पनि छ भन्नेबारे केही खुलेको छैन । मंगलबार (भोली) बिहान बस्ने बैठकमा समिति सदस्यहरुले सिलबन्दी तोडेर अध्ययन गर्नेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com