काठमाण्डौ, साउन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने दावी गरे । शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी दोस्रो पार्टी बन्नुपर्ने विषयमा काँग्रेसका नेताहरुसँग कुराकानी भैसकेको दावी गरे । उनले भने, काँग्रेसले माओवादीलाई दोश्रो ठूलो पार्टी बनाउन सहयोग गर्नुपर्छ, अगामी निर्वाचनमा सहयोग नगरे काँग्रेससँगको सहकार्य सहज हुँदैन । अध्यक्ष प्रचण्डले कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ, मैले नेपाली काँग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज रुपमा अघि जाँदैन ।’
प्रचण्डले चुनावसम्म अहिलेकै गठबन्धन कायम हुने पनि बताए । अध्यक्ष प्रचण्डले अब हुने चुनावी तालमेलमा स्थानीय तहको निर्वाचनमा भएको कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष प्रचण्डले आगामी निर्वाचन नै आफ्नो अन्तिम कार्यकाल हुनसक्ने बताए
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com