चैत, २१ । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक मर्मतबारे प्रश्न उठाएका छन् । आज प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद सुबोधले सोही सडकखण्डमा मर्मतसम्भारको काममा ढिलाई भएपछि सरकारको सम्बन्धित पक्षलाई सडकको अवस्था कस्तो छ ? भन्दै प्रश्न गरेका हुन् ।
सांसद सुबोधले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक यात्रा ज्यादै कष्टकर रहेको र वर्षातमा यो झनै भयाबह र जटिल बन्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, “प्रधानमन्त्रीको गत असोज पहिलो साता चिनको भ्रमणका बेला समकक्षी लि छ्याङसँग वार्ता भएको थियो । र त्यो वार्तामा नेपालको आवस्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार सुरु गर्न चिनिया पक्ष तयार भएको भन्ने उल्लेख गरिएको थियो । म अर्थमन्त्रालय र बैदेशिक सहायता महाशाखालगायत सरकारको सम्बन्धित पक्षलाई प्रश्न गर्न चाहन्छु यसको अवस्था कस्तो छ ?”
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com