सोलुखुम्बु । नेपाली काँग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले केन्द्रीय सदस्य देखि पालिका सभापतिसम्मको संयुक्त बैठक डाकेको छ ।
बैशाख ११ गते सल्लेरीस्थित पार्टी कार्यालयमा बस्ने गरि डाकिएको बैठकमा पार्टीको क्रियाशिल सदस्यता नविकरण तथा सांगठनिक विषयमा छलफल गर्न भन्दै बैठक आश्वान गरिएको जिल्ला कार्य समितिका सहसचिव उत्रमान खालिङले जानकारी दिए ।
बैठकमा जिल्लाबाट पार्टीको केन्द्रीय सदस्य रहेका नेताहरु, जिल्ला कार्यासमिति पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, जिल्ला कार्य समिति सदस्यहरु र पालिका सभापतिहरुलाई आमन्त्रण गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com