जेठ, २३ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समिति कार्यप्रारम्भ गरेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सुर्य थापाले जानकारी दिनुभयो ।
सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने बिषयमा छलफल भएको उहाले बताउनुभयो । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थीत गर्दै अघि बढ्ने उहाको भनाइ छ । संयोजक थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगाएतका बिषयमा कुनै विवाद नरहेको जिकिर गर्नुभयो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com