काठमाण्डौ, साउन १० । विराटनगरका मेयर नागेश कोइराला गाडी मात्रै साढे ३ करोड रुपैँया मुल्य बराबरको चढ्छन् । उनले बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग ८० तोला सुन रहेको उल्लेख छ । कोइरालाले महानगरमा बुझाएको सम्पत्ति विवरणमा आफ्नो नाममा महानगर क्षेत्रभित्र ८५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
मेयर कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पत्ति विवरणमा उल्लेख छ । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५ सय ९८ मा गरी उनको नाममा २८ हजार ७ सय १९ वर्गमिटर ९ सय ८५ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।
विराटनगर १५ मा ७४ कट्ठा र ११ नम्बर वडामा ११ कट्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैतृक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाको आर्थिक मूल्याङ्कन कति हो भनेर उल्लेख गरिएको छैन । मेयर कोइरालाको एकाघरको सम्पति भने त्योभन्दा धेरै छ । तर, उनले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाएका छन् । त्यस्तै, उनको नाममा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र त्यो नगद पनि पैतृक सम्पत्तिबाटै प्राप्त भएको भनिएको छ । उनले सम्पत्ति विवरणमा विराटनगरमा भएका घरहरुको विवरणबारे उल्लेख गरेका छैनन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com