वैशाख, १९ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले मकैको खोस्टाबाट फूल बनाउने तालिम दिएको छ । गाउँपालिकाले स्थानीय स्रोत साधनको समुचित प्रयोग गर्दै सिप र सिर्जना मार्फत आम्दानी बढाउने उद्धेश्यले वडा नंः ३ वाफलमा मकैको खोस्टाबाट फूल बनाउने तालिम दिएको हो ।
तालिम गएको वैशाख १७ गतेदेखि ३ दिन गरि आजसम्म सञ्चालन भएको हो । तालिममा स्थानीय महिला तथा सिप सिक्न इच्छुक स्थानीयहरुको सहभागिता रहेको थियो । आज तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामाले सिप र सिर्जनामार्फत गाउँपालिकामा आयआर्जन र रोजगारी सिर्जना गर्न सकिने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
यस्तै, उपाध्यक्ष मिठू लामाले स्थानीय स्तरै रहेका स्रोत साधनको प्रयोगमार्फत आयआर्जन गर्न सकिने हुँदा यस्ता किसिमका तालिमबाट भरपुर फाइदा उठाउन आग्रह गर्नुभयो ।
तालिममा सहभागिहरुले आफुले सिकेका सिपलाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएका छन् । लिसंखुपाखर गाउँपालिकाले स्थानीय उत्पादन र स्थानीय स्रोत साधनको समुचित प्रयोगलाई प्राथमिकता दिदै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com