असार १० । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको छ । आज गाउँपालिकामा भएको १५ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बिना राईले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । जसमा सशर्ततर्फ २६ करोड र चालुतर्फ १० करोड रकम विनियोजन गरिएको छ भने बाँकी सामाजिक विकास, पुर्वाधार, आर्थिक विकास, शुशासन लगायतका विषयमा छुट्याइएको गाउँपालिका अध्यक्ष धनजन राइले बताएका छन् ।
अध्यक्ष राइका अनुसार गाउँपालिकाले प्राथमिकतामा राखेको कृषिका लागि १ करोड, ५५ लाख बजेट छुट्याएको छ । त्यसपछि गाउँपालिकाले शिक्षा, पुर्वाधार विकास र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि ३ करोड बजेट छुट्याएको छ । गाउँपालिकाले सामाजिक विकासका काममा पनि उत्तिकै महत्वका साथ काम गर्ने जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com