असार ११ । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१–८२ का लागि ३५ करोड १७ लाख ३५ हजार १ सयको अनुमानित बजेट ल्याएको छ । सोमबार पालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षतामा गाउँ सभा सम्पन्न गरिएको हो ।
बजेटमा पुल र प्रशासनिक भवन प्राथमिकतामा राखिएको पालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए । उनले भने, ‘आवश्यकताको आधारमा ४ वटा पुल, एक पालिकाको प्रशासनिक भवन र २ वटा वडाको भवन निर्माणलाई प्राथमिकता दिएका छौँ ।
नेपाल सरकारको वित्तीय समानिकरण अनुदान तर्फ ९ करोड २१ लाख, नेपाल सरकार सर्सत अनुदान तर्फ ११ करोड १९ लाख, संघिय राजश्व बाँडफाँड ८ करोड ४७ लाख ३१ हजार १ सय, प्रदेश सरकार समानिकरण अनुदान ५६ लाख ४४ हजार, सवारी साधन कर वापत ३० लाख १२ हजार रहेको छ ।
यस्तै प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश सरकार सर्सत अनुदान ३३ लाख २५ हजार, आन्तरिक राजश्व २० लाख २३ हजार, आन्तरिक स्रोत जिल्ला समन्वय समिति ९० लाख र यस आर्थिक वर्षको बचत रु ३ करोड रकम प्राप्त हुने अनुमान गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com