असार, २७ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले चालू आर्थिक वर्षको वित्तीय प्रगती विवरण सार्वजनिक गरेको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८०–८१ को वित्तीय प्रगती विवरण सार्वजनिक गरेको हो । नगरपालिकाको चालु आर्थिक वर्षमा ७९.५५ प्रतिशत अर्थात उनान्साठी करोड ६५ लाख २१ हजार दुई सय तेह्र रुपैया खर्च प्रगती भएको प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले बताउनुभयो ।
चालु वर्ष नगरपालिकाको ७४ करोड ९९ लाख ३ हजार ४ सय दश रुपैया बजेट रहेकामा नगरपालिकाले झण्डै ८० प्रतिशत बजेट खर्च गरेको हो । जसमा चालुतर्फ ३८ करोड ७५ लाख नौ सय ३२ रुपैँया चालुतर्फ र २० करोड ९० लाख २० हजार २ सय पुजीगततर्फ खर्च भएको नगरपालिकाले जनाएको छ । यो आर्थिक वर्षमा नगरपालिका झण्डै ८० प्रतिशत वित्तिय प्रगती हासिल गर्न सफल भएको र कम बेरुजु भएको नगरपालिका समेत बनेको छ । आगामी वर्षहरुमा थप व्यवस्थित ढंगबाट वित्तीय प्रगती सकारात्कम आउने गरि काम गर्ने नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com