काठमाण्डौ, साउन २१ । काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाले वडा नम्बर ११ मा रहेको एक सच्चाइ केन्द्र हटाउने भएको छ । नगर कार्यपालिकाको छैठौं कार्यपालिकाको बैठकले ईश्वरीय मार्गमा संचालित सच्चाइ केन्द्र ३५ दिनभित्र हटाउने निर्णय गरेको हो ।
यसअघि सच्चाइ केन्द्रबाट वातावरण प्रदूषित हुने गरी माइकिङ गर्ने गरेको भन्दै स्थानीयले उजुरी गरेका थिए । त्यसपछि नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । अनुगमनका क्रममा माइकिङबाट स्थानीयबासीलाई असर गरेको, सच्चाइ केन्द्र नविकरण समेत नभएको पाइएकाले ३५ दिनभित्र स्थानान्तरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com