पुष, १५ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका गुरुङ समुदायहरुले नयाँ वर्षको रुपमा तमु ल्होसार पर्व आज विभिन्न कार्यक्रम गरि मनाएका छन् । तमु सुधार कृषि तथा पशुपंक्षि कृषक समूहको आयोजनामा तमु ल्होसार पर्व मनाईएको हो । गाउँपालिकामा रहेका गुरुङ समुदायको कला, धर्म, संस्कृतीलाई संरक्षण गर्ने उद्धेश्यले गाउँपालिका अध्यक्ष राजु लामाले पर्व मनाउनेबारे यसअघि स्थानीयसँग छलफल गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका गाउँपालिका अध्यक्ष लामाले गुरुङ जातीको भाषा, संस्कार र संस्कृती संरक्षणका लागि आयोजित कार्यक्रमलाई १ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, अध्यक्ष लामाले गाउँपालिकामा गुरुङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने बताउनुभयो ।
वडा न ६ पेड्कुमा खानेपानीको समस्या रहेकाले समस्या समाधानको लागि एक करोड रुपैयाँ बजेट ब्यबस्थापन गर्ने अध्यक्ष लामाको भनाई छ ।
त्यस्तै, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिठूदेवि लामाले गुरुङ कला संस्कृतिको जोगेर्ना गर्न जनप्रतिनिधि लागि परेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष धान बहादुर लामाको समेत सहभागिता रहेको थियो भने गाउँपालिका भित्र रहेका गुरुङ समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com