वैशाख, १९ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका स्थित देउपुजेका आगलागी पिडितलाई आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ । काँग्रेसका नेता चन्द्र आचार्यसहित विद्यार्थी नेताहरु द्रोण बास्तोला, बाबुराम आचार्य, तेज आचार्य, मोहनकृष्ण निरौला र मुकेश राईको पहलमा आगलागि पिडितलाई संकलित ७ लाख २८ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो ।
आगलागीबाट सवैभन्दा बढि क्षति बेहोरेका शक्ति राईलाई यसअघि खद्यान्न र अस्थाई आवासका लागि समेत सहयोग गरिएको थियो । गएको बैशाख ११ गते दिउँसो आकस्मिक रुपमा नेचासल्यान २ देउपुजेमा आगलागी हुँदा स्थानीय शक्ति राई, करवीर राई र केशव राईको घर पूर्ण रुपमा जलेर नस्ट भएको थियो । उक्त आगलागीबाट ५ वटा घर र मतान जल्दा ८० लाख भन्दा बढिको क्षति भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com