वैशाख, २० । सोलुखुम्बु बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख निरन्जन कट्टेल त्रिभुवन विश्वविद्यालयको ‘शिक्षाको आधार विषय समिति’ को सदस्यमा मनोनित हुनुभएको छ । त्रिविको शिक्षा शास्त्र संकाय डीनको कार्यालयले गएको फागुन १५ गते कट्टेललाई समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । त्रिविले २०८० माघ २२ गतेदेखि लागु हुने गरि समिति सदस्यको जिम्मेवारी दिएको छ ।
कट्टेलको कार्यकाल ३ वर्ष रहनेछ । कट्टेललाई त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद ७७ दफा ३२१ को उपदफा (१ )को खण्ड (ग) मा व्यवस्था भएबमोजिम त्रिभुवन विश्वविद्यालयको शिक्षाको आधार विषय समितिमा मनोनयन गरिएको सहायक डीन राजेश्वर प्रसाद यादवले जनाउनुभएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com