काठमाडौं। काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको हो ।
११ ओभरको पहिलो बलमा मलेसियाका विरनदीप सिंहलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । यसअघि अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका थिए । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।
मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो । सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए । सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए।
यो समाचार तयार पर्दासम्म मलेसियाले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com