माघ, २४ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्र शिवटारबजारस्थित विरेन्द्रज्योति मावि लगायत विभिन्न स्थानमा संचालित खेलमा भलिबल, ब्याटमिन्टन, एथलेटिक्स अन्तर्गतका विभिन्न खेलहरु आयोजना गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत गाउँपालिका स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता, एथलेटिक्सका खेलहरु, हाइजम्प लम्जम्प, सटफुट, ज्याब्लींङ थ्रो, रनिंङ लगायतका खेलहरु आयोजना गरिएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सवै खेलहरुमा उत्कृष्ट अंक ल्याई विरेन्द्रज्योती मावि प्रथम, हुँगा मावि द्धितिय, धर्मपिक बोर्डिंङ स्कूल तृतीय र हुलु मावि सान्त्वना भएको गाउँपालिकाका शिक्षा साखा प्रतिनिधि रितबहादुर बस्नेतले बताउनुभयो ।
यस्तै, गाउँपालिकाले आयोजना गरेको दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता अन्तर्गत खुल्ला जिल्ला स्तरीय वडा भलिबल प्रतियोगिता आयोजना गरेको थियो । सोही प्रतियोगितामा पुरुषतर्फ सोतांङ गाउँपालिका वडा नम्बर ५ प्रथम, द्धितिय नेचासल्यान गाउँपालिका, तृतीय सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ सान्त्वना भएको छ ।
त्यस्तै, महिलातर्फ माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ७ प्रथम, सोता गाउँपालिका वडा नम्बर २ दिद्धिय, वडा नम्बर ५ तृतीय र गाउँपालिकाको वडा नम्बर १ सान्त्वना भएको छ ।
सोमबार उद्घाटन गरिएको प्रतियोगितामा भलिबलमा मात्रै महिला र पुरुष गरि २५ समूह सहभागी रहेको गाउँपालिकाका प्रवक्ता बलुकुविर नाछिरिङले जानकारी दिनुभयो ।
भलिबलतर्फ पहिलो पुरस्कार ७५ हजार रुपैयाँ, दोस्रो, तेस्रो तथा सान्त्वनालाई क्रमश ५० हजार, ३० हजार र २५ हजार रुपैयाँका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईले जानकारी दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com