
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट निवर्तमान सांसद एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवा नेता माधव सापकोटा ‘सुबोध’ले टिकट पाएका छन् ।
आज बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन्। टिकट प्रदान गर्दै दाहालले बधाई तथा शुभकामना व्यक्त गर्दै, “तपाईंले जित्नुहुन्छ भन्ने पूरा विश्वास छ,” भनेका थिए ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सापकोटाले विजय हासिल गरेका थिए । यसैबीच, सिन्धुपाल्चोक–२ बाट युवराज दुलालले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट पाएका छन्। पार्टीले दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि सार्दै संगठन सुदृढीकरण र निर्वाचन जितलाई प्राथमिकतामा राखेको जनाएको छ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com