
काठमाडौं । प्रहरीको दुख पनि कति हो कति । अब हुँदा हुँदा चुनावी सुरक्षामा निस्कदा पनि प्रहशरीले नेपाली सेनासंग गोलीगठ्ठा मागेर टार्नु पर्ने भएको छ । प्रहरीको हतियार जेनजी आन्दोलनमा लुटिएपछि प्रहरीहरु चिन्तामा थिए । तर राज्यले नयाँ हतियार नकिनिदिएपछि सेनासंग सापटी हतियार माग्न पुगेका छन् । र सेना त्यसका लागि तयार भएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले नेपाली सेनासँग झण्डै तीन हजार पेस्तोल सापटी मागेको प्रहरी स्रोतले जनाएको छ। निर्वाचन जस्तो संवेदनशील समयमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक हतियार नै आफ्नै निकायसँग नहुनु आफैंमा विडम्बनापूर्ण अवस्था हो। झनै अचम्म त के छ भने यो पहिलो पटक होइन। यसअघि भएका निर्वाचनहरूमा पनि नेपाल प्रहरीले सेनाबाट हतियार सापटी लिएरै काम चलाउँदै आएको तथ्य बाहिर आएको छ।
यसपटक पनि त्यसैको निरन्तरता स्वरूप सेनासँग हतियार माग्ने योजना बनाइएको देखिन्छ।आफ्नै आवश्यकता पूरा गर्न अर्को सुरक्षा निकायसँग हतियार सापटी माग्नुपर्ने अवस्था हुनु केवल प्रहरी संगठनको समस्या मात्र होइन, यो त देशकै इज्जत र प्रतिष्ठासँग जोडिएको विषय हो। यसले हाम्रो सुरक्षा संयन्त्र कुन स्तरमा छ भन्ने कुरालाई पनि नांगो रूपमा उजागर गर्छ। पर्याप्त साधन, स्रोत र अत्याधुनिक उपकरणबिना सुरक्षा निकायले कसरी भरपर्दो सुरक्षा दिन सक्छन् ? त्यस्ता अवस्थामा खटिने सुरक्षाकर्मीको मनोबल कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।यसै पनि यसपटकको निर्वाचन सुरक्षा दृष्टिले थप चुनौतीपूर्ण मानिएको छ। जेन–जी आन्दोलनका क्रममा फरार भएका करिब पाँच हजार हारामारी कैदी अझै जेल बाहिरै हुनु आफैंमा ठूलो सुरक्षा जोखिमको उदाहरण हो।
यस्ता अवस्थामा सुरक्षाकर्मीलाई चाहिने न्यूनतम हतियारसमेत उपलब्ध गराउन नसक्नु राज्यको गम्भीर असफलता हो।सरकारले समयसापेक्ष रूपमा सुरक्षा निकायलाई आवश्यक हातहतियार, उपकरण र बन्दोबस्ती सामग्री उपलब्ध गराउनु पर्ने हो। तर आवश्यकताअनुसार हतियार दिन नसक्नु त झनै लाजमर्दो विषय हो। अन्य देशमा अत्याधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मी देखिन्छन्, तर हाम्रो देशमा भने प्रहरीले म्याद नाघेका अश्रुग्यास प्रयोग गरेर काम चलाउनुपर्ने बाध्यता छ।प्रहरीका लागि तलब र रासन भत्ता मात्र पर्याप्त हुँदैन। समयअनुसारको तालिम, आधुनिक उपकरण र भरपर्दो हतियार उत्तिकै आवश्यक हुन्छ। हतियारबिनाको प्रहरी र धारविनाको हतियारको अर्थ आखिर के नै रहन्छ र?
(भिडियो का लागि लिंक)

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com