
काठमाडौं । सुख–दुख, दुख–सुख सबै बाँडेर । अन्तिम सास फेर्छु तिमीसंगै बाँचेर । अदिनहरु द्युखका नआउला भन्दिन तर कटाउने छु सबै– सबै संगै हाँसेर । वाचा भयो तिमीलाई मेरो ।
यी प्रिय हरफहरु राष्ट्रिय क्रिकेट पुरुष टोलीका अलराउण्डर करन केसीले आफ्नो फेसबुकवालमा आज मात्रै हालेका हुन् । यी शब्दहरु करणले नेपाली चलचित्र पत्रकार बर्षा बस्नेतका लागि भनेका ह्न् । चार दिन अघि मात्रै विहे बन्धनमा बाँधिएका करणले आज मात्रै विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
न कुनै तामझाम, न कुनै होहल्ला, करणले सिमित आफ्न्तको उपस्थितिमा बिहे गरेका छन् । सेलिब्रेटीहरुले हेलिकोप्टर बुकिङ गरेर बिहे गरेको हल्ला खल्ला गर्ने लाई कटाक्ष गर्ने गरी उनी साइकलमा सवार भएका छन् । त्यो पनि अति नै सामान्य खालको साइकल । वर्षालाई साकइलमा राखेर उनले साइकल गुडाइरहेको तस्वीरमा देख्न सकिन्छ । साइकल मात्रै होइन गरगहना पनि रित पुरा गर्न मात्रै लगाएको देख्न सकिन्छ ,अति नै थोरै मात्र । करनले न कुनै ठूलो पार्टी, न ठूलो जमघट साच्चै करनले आफ्नो विहे मार्फत सामाजिक सन्देश दिन सफल भएका छन् । तडकभडक, अरुलाई देखाउनकै लागि बैंकबाट लोन लिइ लिइ विहे गर्नु भन्दा अति सामान्य तरिकाले पनि विहे गर्न सकिन्छ भन्ने सन्देश करनको बिहेबाट सबै नेपालीले सिक्न जरुरी छ । विहे गर्दा तडक भडक देखाउनु भन्दा आफ्नो सम्बन्धलाई टिकाउनु, आपसी विस्वास मजबुत बनाउनु ठूलो कुरा हो ।
त्यसैले त करनले लामो समय देखिको प्रेम सम्बन्धलाई सफल बनाउँदै पहिले इग्गेजमेन्ट र त्यसपछि बिहे गरेका छन् । यो आफैंमा अनुकरणीय हो । करनले भारतको चण्डीगढमा बिहे गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सोही स्थानलाई उल्लेख गरेका छन् । करन र वर्षालाई उनका शुभचिन्तक तथा आफन्तहरुले बधाई तथा सफल बैवाहिक सम्बन्धका लागि शुभकामना दिएका छन् । विवाह गरेसंगै करनको जीवनमा नयाँ अध्याय शुरु भएको छ । बधाई करन अनि वर्षा ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com