
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह अनपेक्षित तनावमा पफसेका छन् । आफ्नो चुनावी अभियानमा खटिएका पत्रकार दिनेश सिटौलाको अकल्पनीय रुपमा निधन भएपछि साहलाई तनाव आइ लागेको हो । पत्रकार साहको निधनपछि बालेनको चुनावी अभियान प्रभावित मात्रै भएको छैन् खल्लो पनि बन्न पुगेको छ । उनको मृत्युको घटना सामान्य नभई भोली कयौँ गुणा ठूला राजनीतिक मुद्याको दलदलमा फस्न सक्ने समेत देखिएको छ । चुनावमा घडीमा भएको यो घटनाले बालेन महा तनावमा देखिएका छन् । कतिपयले त सिटौलाको निधन शंकास्पद रहेको जनाएका छन् भने आफ्न्तले त उनको बास्तविकता सार्वजनिक गर्न अस्प्ताल प्रशासनसंग माग गरेका थिए । यही मौकामा अन्य दलका नेताहरुले समेत यो घटनालाई सष्म रुपमा हेर्न थालेका छन् । पछि राजीनितक मुद्या बन्न सक्ने भएकाले प्रहरीले समेत सतर्कता अपनाएको छ र मृतकको पोष्टमार्टम गरेर रिपोर्ट सुरषित राख्न चाहेको छ । ताकी भोली झमेला नहोस ।
पत्रकार सिटौलाको निधन भएको खबर सार्वजनिक भएप्छि उनका आपुन्त, पत्रकार, कलाकार र शुभेच्छुक धापासी स्थित ग्राण्डी इन्टरनेशनल अस्प्ताल पुगे । अस्पतालबाट सव निकाल्ने तयारीका साथ ठूलो संख्यामा अस्पतालमा उपस्थितहरुले तत्कालै सव बुझ्न भने पाएनन् । उनीहरुलाई प्रहरीले सव निकाल्न दिएन् । कारण पोस्र्ट मार्टम नगरी सव निकाल्न नदिने प्रहरीले अडान लिएपछि उनीहरु अस्पताल परिसरमै बस्न बाध्य भए । प्रहरी र आफ्ुन्तको रोहबरमा पोस्र्ट मार्टमका लागि त्रिवि शिक्षण अस्प्ताल लगियो । अनि बल्ल आफ्न्तले सव बुझन् पाए ।
मृत्यु शंकास्पद रहेको र अप्राकृतिक रुपमा भएकाले भविष्यमा कुनै विवाद उत्पन्न नहोस् भन्ने उदेश्यले पोस्र्ट मार्टम रिर्पोट आश्यक भएको प्रहरीको भनाइ छ । बालेन्द्र साहको चुनावी प्रचारप्रसारको क्रममा अछाममा बेहोस भएका पत्रकार सिटौलाको उपचाका क्र्ममा आइतवार अपरान्ह पौने एक बजे निधन भएको थियो । अछाममा गत शुक्रबार चुनावी कार्यक्रमका क्रममा गाडीबाट ओर्लने क्रममा एकाएक बेहोस भएर ढलेका सिटौलालाई तत्काल उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनलाई धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा निधन भयो ।गंभीर अवस्थामा अस्पताल पु¥याइएका सिटौलालाई बचाउन चिकित्सक टोलीले निरन्तर प्रयास गरे पनि ती प्रयास सफल हुन सकेनन्। अस्पतालका अनुसार सिटौलाको मृत्यु मस्तिष्कघात (ब्रेन स्ट्रोक) का कारण भएको हो। निधनको खबर सार्वजनिक भएपछि ग्राण्डी अस्पताल परिसरमा उनका आफन्त, साथीभाइ, कलाकार, पत्रकार तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको थियो।
दिनेश सिटौला चलचित्र पत्रकारितामा सक्रिय र परिचित नाम थिए। उनी चलचित्र पत्रकार संघका निर्वमान अध्यक्षसमेत रहेका थिए।
लामो समयदेखि मनोरञ्जन क्षेत्रसँग सम्बन्धित समाचार, समालोचना र विश्लेषण लेखनमा सक्रिय सिटौलाले नेपाली पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका थिए। पछिल्लो समय भने उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा संलग्न हुँदै प्रचारप्रसारको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको परिवारले समेत सिटौलाको अवस्थाका बिषयमा जानकारी दिन माग गरेको थियो । कतिपयले सिटौलाको मृत्यु शंकास्पद रहेको आशंका पनि गरेका छन् । पोस्र्टमार्टम रिर्पोट आएपछि सिटौलाको सव श्रद्धान्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने बताइएको छ ।
४५ वर्षीय सिटौला अविवाहित थिए । उनी काठमाडौंमा आफ्ना बुवा र भाइसँग बस्दै आएका थिए। स्थायी रूपमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा सिटौलाले पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाउँदै मनोरञ्जन पत्रकारितामा विशिष्ट पहिचान बनाएका थिए। सरल स्वभाव र समर्पित पत्रकारका रूपमा चिनिएका सिटौलाको असामयिक निधनले पत्रकारिता क्षेत्र, विशेषगरी चलचित्र पत्रकारिता, गहिरो शोकमा डुबेको छ। उनको निधनप्रति विभिन्न सञ्चारकर्मी, कलाकार, राजनीतिक व्यक्तित्व तथा संघ–संस्थाले शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
भिडियो

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com