
काठमाडौं । देशभर रास्वपाको लहर कस्तो छ भन्ने उदाहरण स्याङ्जामा हेरे पुग्छ जहाँ दिन दुई गुणा रात चौ गुणा गरेर मतदाताहरु रास्वपामा लपक्किएका छन् । शहरदेखि गाउँका बा आमाहरुसम्म देखिएको क्रेजले स्वयम उम्मेदवारहरु आश्चर्यचकित परेका छन् । चुनाव आउन अझै ३३ दिन बाँकी छ तर मतदाताहरु कहिले फागुन २१ आउला र भोट खसाउँला भन्ने प्रतिक्षामा छन् । यो पोखरामा देखिएको लहर हेर्नुहोस । एकाध दिनको सुचनाका भरमा रास्वपा स्याङजाका उम्मेदवारहरुसंग अन्तरक्रिया चिना परिचय गर्न भेला भएका मतदाताहरु । जो स्याङजाका मतदाता भए पनि रोजगारी, व्यवसायको शिलशिलामा पोखरामा बसोबास गर्दछन् । उनीहरुले शनिबार एउटै स्वरमा भनेका छन्, स्याङ्जामा यस पटक घण्टी मज्जैले बजाइनेछ ।
अनि यो आज स्याङजा फेदीखोला ३ गहतेरा र भाटखोलामा तिर भेटिएका मतदाताहरु । उनीहरु पनि यसै भन्दै थिए ।
यहाँका मतदाताहरु निर्वाचनको मिति कुरेर बसेको देख्दा स्वयम हामी पनि चित खायौँ । यस अघि मतदाताहरुमा यस्तो हुटहुटी कमै देखिन्थ्यो तर यस पटक युवा जेनजी वर्ग देखि वृद्धवृद्धासम्ममा ,निर्वाचनको तृष्णा देखिएको छ । र यस पटक मत परिवतन गरेर देश बदल्ने अभियानमा सारथी बन्ने उद्घोष गर्न थालेका छन् । काँग्रेस, एमाले लगायत पुराना दलहरुलाई पटक पटक भोट दिएको तर आफूहरुको भोटको सम्मान नगरि दुरुपयोग गरेकाले नयाँलाई मत परिवर्तन गरेर पुरानालाई दण्डित गर्ने निधृक्कसंग क्यामेराका अगाडी बोल्दछन् ।
पोखरामा शनिबार भएको भेलामा स्याङजा एक नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार डा. धनञ्जय रेग्मी, दुईका उम्मेदवार झविलाल डुम्रे, समानुपातिक उम्मेदवार भूमिबहादुर गुरुङ विश्व, जिल्ला सभापति विश्वास भण्डारी लगायत उपस्थित थिए । र हलमा अटाई नअटाई स्याङ्जाका सयौँ अगुवा मतदाताहरु सहभागी थिए । जहाँ उम्मेदवार रेग्मीले रास्वपामा देखिएको जनलहर र उम्मेदवारहरुको गहकिलो प्रोफाइलका कारण विपक्षीहरु हच्कीएको बताएका छन् । उनले आफ्नो आरिष कै कारण कपोल्कल्पीत, भ्रामक फुर्काहरु जोडेर विरोध गर्ने गरेको बताएका छन् । र आफ्नो बारेमा विरोध गरेका सबै विषयहरुको प्रष्टोक्ति पनि दिएर लगाइएका लान्छनाहरुको खण्डन गरको छन् ।
स्याङ्जा एक नम्बर निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या एक लाख ३० भन्दा बढि छन् । संधै काँग्रेस र एमालेको वर्चस्व रहेन स्याङजामा यस पटक घण्टी चुनाव चिन्ह लिएर उदाएका रास्वपाका उम्मेदवारहरुका कारण अन्य दलहरुको होस हवास उडेको छ । नेपाली काँग्रेसबाट बैँकर भरतराज ढकाल उम्मेदवार बनेका छन् भने एमालेबाट मिन प्रसाद गुरुङ मैदानमा छन् ।
भिडियो

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com