
काठमाडौं । अमेरिकाको लागि स्थायी बसोवास अनुमति पाइने डाईभरसिटी भिजा (डीभी) पर्ने व्यत्तिलाई भाग्यमानी नै मान्नु पर्छ । किन भने लाखौंले डीभी भर्दा केही हजारलाई मात्रै डीभी चिठ्ठा पर्छ । तर एक जना व्यक्ति भने डीभी परेकै कारण जेलको चिसो हावा खानु पर्ने भएको छ । डीभी परेर पनि अमेरिका जान नपाएका र प्रहरी हिरासतमा पुगेका व्यक्तिलाई त अभागी नै मान्नु पर्यो । किन भने डीभी नपरेको भए ती व्यत्तिले नक्कली काम गर्नै पर्दैनथ्यो र हिरासतमा पनि पुग्नु पर्दैनथ्यो । डीभी गरेर प्रहरी हिरासतमा पुगेका व्यक्ति हुन् ।
डीभी परेपछि अमेरिकी दुतावासमा कक्षा १२ पासको नक्कली प्रमाणपत्र बुझाउने व्यक्ति हुन् तनँहु म्यादे गाउँपालिका वडा नम्बर ७ स्थित १९ वर्षीय किरणसिंह ठकुरी हुन् । ठकुरीले पेस गरेको प्रमाणपत्र दुतावासले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा लगेर भिडाउँदा नक्कली पुष्टि भएपछि प्रहरीलाई खबर गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले थप अनुसन्धानपछि ठकुरीलाई नियन्त्रणमा लिएको हो । साथै ठकुरीकै बयानका आधारमा नक्कली प्रमाणपत्र बनाउने गिरोहमा संलग्न अन्य ६ जना व्यक्तिहरु पनि प्रक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्वत फलेवासका ४० वर्षीय अनिल शर्मा, काठमाडौं ताकेश्वरका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवकोट ककनीका ४२ वर्षी केशब फुयाँल, नुवाकोट तादीका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौं महानगरपालिका २ का ४३ वर्षीय दीपा लावती र गुम्मीका ५२ वर्षीय शोभाखर खनाल छन् ।
पक्राउ परेका सबैलाई लिखित सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोहका अन्य सदस्य र सञ्जालका बिषयमा पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । डाईभरसिटी भिजा(डीभी) परेर नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पनि केही व्यक्तिहरु पक्राउ परिसकेका छन् । डिभी भर्नका लागि कक्षा १२ वा सो सरह उत्र्तीण हुनु पर्ने मापदण्ड छ । त्यो भन्दा कम पढेका व्यक्तिहरु डीभी परेर पनि जान पाउँदैनन् ।
(भिडियोका लागि लिंक)

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com