
नयाँ बन्न लागेको सरकारलाई निवर्तमान सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटा सुवोध ले राजनीतिक नियुक्ति र प्रशासनिक सुधारका विषयमा सुझाव दिएका छन् । उनले सरकारलाई अन्धाधुन्ध रूपमा राजनीतिक नियुक्तिहरू हटाउने अभ्यासबाट टाढा रहन आग्रह गर्दै, योग्यता र क्षमतामा आधारित प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार, प्रत्येक नयाँ सरकारले आफ्ना नजिकका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिने परिपाटी दोहोरिँदै जाँदा सरकार परिवर्तनको वास्तविक अर्थ हराउने खतरा हुन्छ। “सरकारको प्राथमिकता आफ्ना मान्छे राख्नु मात्र होइन, राष्ट्रका लागि योग्य र सक्षम व्यक्तिहरूलाई अवसर दिनु हुनुपर्छ,” उनले बताएका छन्।
सापकोटाले नियुक्ति प्रक्रियामा मेरिट सिस्टम अर्थात् योग्यता, क्षमता र परिणामलाई मुख्य आधार बनाउनुपर्ने स्पष्ट पारेका छन्। उनले वर्तमानमा कार्यरत व्यक्तिहरूको मूल्यांकन गर्न तीन तहको वर्गीकरण प्रणाली लागू गर्न सकिने सुझाव दिएका छन्।
उनले प्रस्ताव गरेको प्रणालीअनुसार—
उनका अनुसार, यस्तो प्रणाली लागू गर्दा सरकारले न त अन्धाधुन्ध रूपमा कर्मचारी हटाउने गल्ती गर्छ, न त कमजोर कार्यसम्पादनलाई संरक्षण नै गर्छ। बरु, राम्रो काम गर्नेहरूलाई प्रोत्साहन मिल्ने र समग्र प्रशासनिक प्रणाली नै सुधारतर्फ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।
उनले अन्त्यमा सरकारलाई दीर्घकालीन सुधारतर्फ केन्द्रित हुन र पारदर्शिता तथा उत्तरदायित्वमा आधारित शासन प्रणाली विकास गर्न आग्रह गरेका छन्।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com